• आइतबार, १४ भदौ २०८३
  • images

    शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३२ औ कलेजो प्रत्यारोपण

    शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३२ औ कलेजो प्रत्यारोपण

    अंगदाता र ग्रहणकर्ता दुवै  डिस्चार्ज

    शुक्रबार, माघ २५ २०८१
    शुक्रबार, माघ २५ २०८१
    शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३२ औ कलेजो प्रत्यारोपण

    भक्तपुर, २५ माघ । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३२ औ कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको छ । 
    कलेजो प्रत्यारोपित सकुशल डिस्चार्ज हुनुभएको छ । 

    केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले माघ १५ गते गरिएको कलेजो प्रत्यारोपण सफलपूर्वक सम्पन्न भएको जानकारी दिदै अंगदाता र ग्रहणकर्ता दुवै सकुशल डिस्चार्ज गरिएको बताउनुभयो।

    ललितपुरको गोदावरी नगरपालिकाका ५६ वर्षीय श्रीमाननलाई उहाँकी ४१ वर्षीया श्रीमतीले  कलेजो दान गर्नुभएको थियो ।
     अंगदाता ७ औं दिनमा र ग्रहणकर्ता ९ औँ दिनमा डिस्चार्ज भएका हुन् ।

    शल्यचिकित्सक डा. श्रेष्ठको नेतृत्वमा भएको उक्त प्रत्यारोपणमा डा.रोशन घिमिरे, डा. आरती राईको एनेशथेसिया तथा क्रिटिकल केयर टोली, डा. बादल महर्जन, नर्सिङ निर्देशक पूजा कोईराला नेतृत्वको नर्सिङ टोली,सरु कोजुको ट्रान्सप्लान्ट कोर्डिनेटर तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीहरु संलग्न थिए ।

    देशमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले संसार कै सबैभन्दा न्यूनतम शुल्क २० लाखमा प्रत्यारोपण सेवा दिदै आएको छ ।
    केन्द्रले देशकै  दुईतिहाई कलेजो तथा मिर्गौला प्रत्यारोपण गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार