काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठ नियुक हुनुभएको छ। उहाँले केहिबेर अघि पदबहाली गर्नुभएको छ ।
मंगलबारको मन्त्रीपरिषद् बैठकले डा. श्रेष्ठलाई प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
उहाँले यसअघि २ पटक केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसक्नु भएको छ । उहाँकै पहलमा भक्तपुरमा राष्ट्रिय प्रत्यारोपण केन्दको स्थापना भएको थियो ।