• सोमबार, १५ भदौ २०८३
  • images

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  मिर्गौला प्रत्यारोपण हुने

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  मिर्गौला प्रत्यारोपण हुने

    हेल्दीखबर
    बिहीबार , पुस २२ २०७८
    हेल्दीखबर
    बिहीबार , पुस २२ २०७८
    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  मिर्गौला प्रत्यारोपण हुने

    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मिर्गौला प्रत्यारोपण हुने भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण हुने भएको हो । 
    प्रतिष्ठान र प्रत्यारोपण केन्द्रबीच बुधबार अंग प्रत्यारोपण तथा डायलायसिस सेवा विस्तारा लागि सहकार्य गर्ने समझदारी भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण गर्ने उदेश्यले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसग सहकार्य गरिएको बताउनुभयो ।IMG-d989346ce585ace2f788ff1eba2e180e-V.jpg
    बुधबार पोखरामा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा. डुकबहादुर क्षेत्री र प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्रले श्रेष्ठसमझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । 
    पाँच बुँदे उक्त समझदारी पत्रमा प्रत्यारोपणंसंगै प्रदेशका विभिन्न स्थानमा डायलायसिस सेवा विस्तार गर्ने, प्रत्यारोपण तथा डायलायसिसको लागि प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम अध्ययापन आदि व्यवस्थापन गर्ने, प्रदेशमा आवश्यक जनशक्तिको तालिम प्रत्यारोपण केन्द्रमा गर्ने र सेवा सञ्चालन गर्नका लागि प्रत्यारोपण केन्द्रमा कार्यरत अनुभवी जनशक्ति परिचालन गर्ने रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार