• शनिबार, २४ असोज २०८३
  • images
    शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ४०औँ कलेजो प्रत्यारोपण

    छोराले दिए कलेजो, बुबाको सफल प्रत्यारोपण

    छोराले दिए कलेजो, बुबाको सफल प्रत्यारोपण

    मंगलबार, असोज १३ २०८३
    मंगलबार, असोज १३ २०८३
    छोराले दिए कलेजो, बुबाको सफल प्रत्यारोपण

    भक्तपुर १३ असोज  । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गर्नेको सङ्ख्या ४० पुगेको छ। 

    केन्द्रमा गत भदौ ३० गते धनुषाका ५७ वर्षीय भरोषी ठाकुरको कलेजो प्रत्यारोपण गरिएको त्जियो । उहाँ प्रत्यारोपणको ११औँ दिनमा स्वास्थ्यलाभ गरी डिस्चार्ज हुनुभएको छ।

    ठाकुरलाई उहाँका २७ वर्षीय छोरा ऋतिक ठाकुरले आफ्नो कलेजोको आधा भाग दान गर्नुभएको थियो। कलेजो दाता ऋतिक प्रत्यारोपणको सातौँ दिनमै डिस्चार्ज हुनुभएको छ। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको  छ।

    केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठका अनुसार केन्द्र स्थापनाको १४ वर्षको अवधिमा हालसम्म एक हजार ६९० जनाको मिर्गौला र ४० जनाको कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको छ।

    Liver transplantt.jpg

    श्रेष्ठले सीमित स्रोतसाधन र भौतिक स्थानका बाबजुद केन्द्रले नेपालमा हुने कुल प्रत्यारोपण सेवामध्ये दुई तिहाइभन्दा बढी सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

    कलेजो प्रत्यारोपणमा शल्यक्रियासँगै एनेस्थेसिया तथा सघन उपचार, रेडियोलोजी, हृदयरोग, प्याथोलोजी, ग्यास्ट्रोइन्टरोलोजी, पल्मोनोलोजी, नर्सिङ, प्रयोगशाला, फार्मेसी, आहार व्यवस्थापन, फिजियोथेरापी तथा प्रशासनिक जनशक्तिको समन्वय आवश्यक हुने गर्दछ। 

    पछिल्लो प्रत्यारोपणमा पनि केन्द्रका विभिन्न विभागका जनशक्तिको संयुक्त प्रयास रहेको थियो। 

    कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. रामबाबु साहको नेतृत्वमा प्रत्यारोपण सम्पन्न भएको हो। प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा. लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ र डा. अमित यादव सहभागी हुनुहुन्थ्यो।

    एनेस्थेसिया तथा क्रिटिकल केयर विभागका विभागीय प्रमुख डा. आरती राईको नेतृत्वमा डा. निभा श्रेष्ठ, डा. शोभित थापा, रेखा श्रेष्ठ, डा. शिवसुन्दर राजचल, डा. सन्देश खाउजु र डा. रिती फुँयाल सहभागी हुनुहुन्थ्यो।

    रेडियोलोजी विभागका विभागीय प्रमुख डा. कृष्ण बुढाथोकीको नेतृत्वमा डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. जि. एलीन र इन्दु मिमिरेको टोली सहभागी थियो।

    कार्डियोलोजी विभागका विभागीय प्रमुख डा. प्रवेश न्यौपाने र डा. सचिन लामिछाने तथा प्याथोलोजी विभागका विभागीय प्रमुख डा. सबिना श्रेष्ठ, डा. सुस्मिता मिमिरे र प्रयोगशाला इन्चार्ज विन्दिरा जोशीसहितको टोलीले प्रत्यारोपणमा सहयोग गरेको थियो।

    ग्यास्ट्रोइन्टरोलोजी विभागका विभागीय प्रमुख डा. कर्णराजवंशी र डा. शेखर पौड्याल तथा पल्मोनोलोजीतर्फ डा. राजेशकिशोर यादव प्रत्यारोपणमा सहभागी हुनुहुन्थ्यो।

    नर्सिङतर्फ निमित्त नर्सिङ निर्देशक सनिषा कार्कीको नेतृत्वमा नर्सिङ इन्चार्जहरू बबिता लवजु, एलिसा श्रेष्ठ, मञ्जु भट्टराई, अनिता कार्की, निरु सुवाल र मिना खर्बुजा सहभागी हुनुहुन्थ्यो।

    शल्यकक्षतर्फ ओटी नर्स कामना बोगटी, विनिता कुटु, सबिया नागा, सुवेक्षा शाक्य, केलिना केसी, बन्दना राई, रविना पक्का, शोनिया गिरी, ज्योति केसी, सुदिमा रावत, कृष्टिना प्रजापती र अंशुमा दाहाल सहभागी हुनुहुन्थ्यो।

    सघन उपचार कक्षतर्फ अर्पना सेन, जयन्ती ताम्राकार, देवजना श्रेष्ठ, सजना कासुला, अनु बज्राचार्य, जानुका सुनार र सीता मैया अवाल सहभागी हुनुहुन्थ्यो।

    शल्यकक्ष व्यवस्थापनको जिम्मेवारी अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेशराम कोजुसहितको टोलीले सम्हालेको थियो। प्रत्यारोपण कार्यमा आहारविद् वर्षा भट्टराई र फिजियोथेरापिस्ट शोनी शिख्वालको समेत प्रत्यक्ष संलग्नता रहेको केन्द्रले जनाएको छ।

    फार्मेसी विभागबाट सजन खाइतु र दीपा केसीको टोलीले प्रत्यारोपण कार्यमा औषधि व्यवस्थापन तथा आवश्यक सहयोग गरेको थियो। कलेजो प्रत्यारोपणको व्यवस्थापकीय जिम्मेवारी प्रशासन शाखाले सम्हालेको थियो।

    त्यसैगरी, प्रत्यारोपणको समन्वयको जिम्मेवारी डा. निरु शर्मा, डा. बृजेश यादव, तारा साँध, सरु कोजु, चाहाना बोगटी र पूजा खड्कालगायतले सम्हाल्नुभएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार