• शनिबार, २४ असोज २०८३
  • images

    बसको ठक्करबाट कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

    बसको ठक्करबाट कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

    शुक्रबार, असोज २३ २०८३
    शुक्रबार, असोज २३ २०८३
    बसको ठक्करबाट कृषि  मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

    दाङ, २३ असोज । दाङको लमही नगरपालिका–१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७, चौघेराका ५० वर्षीय चेतबहादुर केसी रहनुभएको छ।

    केसी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो।

    प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको को १–०१–००१ ख ४१४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश ०३–००१ प ८५९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    दुर्घटनामा मोटरसाइकल चालक केसीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उहाँलाई उपचारका लागि लमही अस्पताल पुर्‍याइएकोमा साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

    दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार