• आइतबार, १४ भदौ २०८३
  • images

    सडक दुर्घटनामा दाजुभाइको मृत्यु

    सडक दुर्घटनामा दाजुभाइको मृत्यु

    आइतबार, वैशाख २८ २०८२
    आइतबार, वैशाख २८ २०८२
    सडक दुर्घटनामा दाजुभाइको मृत्यु

    नवलपुर, २८ वैशाख । मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ।

    कावासोती १ लोकाह खोला नजिकै भएको दुर्घटनाम कावसोती ११ शान्ति टोलका  २२ वर्षीय ईश्वर दर्लामी र १९ वर्षीय सागर दर्लामीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा हुनासाथ ऊनीहरुलाई मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएको थियो ।
     जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले  मृतक दाजुभाइ रहेको जानकारी दिनुभयो।

    अत्याधिक गतिका कारण मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको कल्भडमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 
    देवचुलीको मुण्डेबाट लोकाहातर्फ आउने क्रममा  लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार