• आइतबार, १४ भदौ २०८३
  • images

    भोटेकोशी बाढी : २५ घाइते काठमाडौंका अस्पतालमा उपचाररत

    भोटेकोशी बाढी : २५ घाइते काठमाडौंका अस्पतालमा उपचाररत

    बुधबार, भदौ १० २०८३
    बुधबार, भदौ १० २०८३
    भोटेकोशी बाढी : २५ घाइते काठमाडौंका अस्पतालमा उपचाररत

    मा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै 

     

    काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घाइतेमध्ये चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने उपचाररत छन् ।

    त्यसैगरी रसुवाको गोसाइँकुण्डका दावा डोल्माको वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भने बाढीबाट घाइते भएका अधिकांशको उपचार भइरहेको छ । प्रहरीका अनुसार त्यहाँ नुवाकोटको विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थर भएका एक पुरुष तथा नामथर खुल्न नसकेका अर्का एक पुरुषको उपचार भइरहेको छ ।

    त्यसैगरी सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ तथा जाजरकोटका बलबहादुर घर्ती मगरको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    गोरखाका टिमुरे, गोसाइँकुण्ड–७ का कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उहाँसँग तीन महिनाको नाबालक शिशु समेत रहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै, टिमुरे गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दियाको जीतपुरका रामप्रसाद थारु, रसुवाको बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर तथा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रबाट घाइते तथा बिरामीलाई उद्धार गरी काठमाडौं ल्याउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार