• आइतबार, १४ भदौ २०८३
  • images

    जीप दुुर्घटनामा आठ जनाको मृत्यु,एकको जिवितै उद्धार

    जीप दुुर्घटनामा आठ जनाको मृत्यु,एकको जिवितै उद्धार

    हेल्दीखबर
    सोमबार, असोज २५ २०७८
    हेल्दीखबर
    सोमबार, असोज २५ २०७८
    जीप दुुर्घटनामा आठ जनाको मृत्यु,एकको जिवितै उद्धार
    सांकेतिक तस्वीर

    पोखरा  । पोखरास्थित घान्द्रुकमा केहीबेर अघि जीप दुर्घटना हुँदा जीप चालक खुशीमान क्षेत्री सहितआठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।ती मध्ये एक जना जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । उनी भीरमा अड्किएको अवस्थामा भेटिएका थिए ।
    भर्खर प्राप्त जानकारी अनुसार पोखरास्थित हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक सहित १० जना यात्रु सवार थिए ।
    उनको अवस्था सामान्य रहेको छ ।अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ । घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल मोदी खोलामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।कलाभीरमा निकै अप्ठेरो बाटो छ । मृतकको सनाखत हुन सकेको छैन । यद्यपि दशैंको छुट्टिमा पदयात्रामा हिंडेकाहरु दुर्घटनामा परेको हुन् । उनीहरु काठमाडौंबाट घान्द्रुक घुम्न आएका थिए।अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।
    घटनास्थल पुगेको प्रहरीले लाशको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याउने तयारी गरेको छ । मृतकको शव क्षतविक्षत भई चिन्नै नसकिने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार