• बुधबार, ४ कात्तिक २०८३
  • images

    गुल्मीको मुसिकोटमा जीप दुर्घटनाहुदाँ सात जना घाइते, तीन जनाको मृत्यु

    गुल्मीको मुसिकोटमा जीप दुर्घटनाहुदाँ सात जना घाइते, तीन जनाको मृत्यु

    बुधबार, साउन १३ २०७८
    बुधबार, साउन १३ २०७८
    गुल्मीको मुसिकोटमा जीप दुर्घटनाहुदाँ सात जना घाइते, तीन जनाको मृत्यु


    गुल्मी । 
    गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित दोभानमा लु १ ज ४५५९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । 
    दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको एसपी भट्टराईले जानकारी दिनुभयो । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदैछ ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार