काठमाडौँ, २४ असोज । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त हुनुभएको छ।
अस्पताल सञ्चालक समितिको शुक्रबार बसेको बैठकले अस्पतालमै कार्यरत वरिष्ठ चिकित्सक डा. आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
कार्यकारी निर्देशक पदका लागि सात जनाले आवेदन दिनुभएको थियो। छनोट सिफारिस समितिको सचिवालयले अन्तर्वार्ताका लागि डा. अजयकुमार झा, डा. उमेश नेपाल, डा. कृष्णसागर शर्मा, डा. गुरूशरण साह, डा. प्रदीप थापा, डा. विजयचन्द्र आचार्य र डा. रञ्जनभक्त भण्डारीलाई छनोट गरेको थियो।
अन्तर्वार्तामा सहभागी उम्मेदवारमध्येबाट सञ्चालक समितिले डा. आचार्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।
डा. आचार्य यसअघि पनि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका रूपमा काम गरिसक्नुभएको छ। अस्पतालकै वरिष्ठ चिकित्सकका रूपमा कार्यरत उहाँसँग संस्थाको सेवा र व्यवस्थापनसम्बन्धी अनुभव रहेको छ।