काठमाडौं,१९ असार । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त हुनुभएको छ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो।
डा चालिसे भक्तपुर अस्पतालमा क्यान्सर विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ। उहाँले स्वास्थ्य मन्त्रालय बाट कार्यकारी निर्देशक पदको नियुक्ती पत्र बुझिसक्नुभएको छ।क्यान्सर अस्पतालमा यसअघि डा विष्णुदत्त पौडेल निर्देशक पदमा हुनुहुन्थ्यो ।