• आइतबार, १४ भदौ २०८३
  • images

    वसुन्धरास्थित कान्तिपुर अस्प्तालको मेडिकल डाइरेक्टरमा डा. बिक्रम कार्की 

    वसुन्धरास्थित कान्तिपुर अस्प्तालको मेडिकल डाइरेक्टरमा डा. बिक्रम कार्की 

    हेल्दीखबर
    शुक्रबार, साउन १ २०७८
    हेल्दीखबर
    शुक्रबार, साउन १ २०७८
    वसुन्धरास्थित कान्तिपुर अस्प्तालको मेडिकल डाइरेक्टरमा डा. बिक्रम कार्की 


    काठमाडौँ, १ साउन । वसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटलको मेडिकल डाइरेक्टरमा डा. बिक्रम कार्की नियुक्त हुनुभएको छ ।  कान्तिपुर डेन्टल कलेजद्धारा सञ्चालित १०० बेडको उक्त हस्पिटलको सञ्चालक समितिले शुक्रबार डा. कार्कीलाई मेडिकल डाइरेक्टर नियुक्त गरेको हो ।

    सो अवसरमा अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले डा कार्कीको आगमनंसंगै कान्तिपुर अस्पतालले नयाँ उचाई लिने बताउनुभयो । उहाँले  अस्पतालमा विहान ७ बजे देखि बेलुका ७ बजेसम्म जनरल ओपिडी चल्ने समेत जानकारी दिदै कान्तिपुर अस्पतालमा हाल अर्थोपेडिक, प्रसूति तथा स्त्रीरोग, युरोलोजी, जनरल सर्जरी, ड्रमाटोलोजी, इएनटी, ग्यास्ट्रो इन्टेरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी, न्युरोलोजी, न्युरोसर्जरी लगायतका सेवा उपलव्ध रहेको जानकारी दिनुभयो । 

    डा.कार्कीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस र काठमाडौँ मेडिकल कलेजबाट इन्टरनल मेडिसिनमा एमडी गर्नुभएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार