काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा. विवेक कुमार लाल नियुक्त हुनुभएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा. लाललाई महाशाखा प्रमुखमा नियुक्त गरेको हो। डा.लाल यसअघि सार्क क्षयरोग केन्द्रमा कार्यरत हुनुहुन्थ्यो ।
गत जेठ १० गते देखि मन्त्रालयको समन्वय महाशाखा प्रमुखको पद रिक्त थियो।
क्षयरोग केन्द्रमा रिता जोशीलाई जिमेवारी दिइएको छ ।