काठमाडौं । नेपाल चिकित्सक संघका महासचिव समेत रहनुभएका डा. बद्री रिजाललाई राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा गरिएको छ। सरुवा भएसंगै उहाँलाई निर्देशकमा नियुक्त गर्ने तयारी स्वास्थ्य मन्त्रालयको छ। ‘यसअघि डा. रिजाल कान्ति बाल अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । त्यस्तै स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा प्रमुखमा गोमा निरौला श्रेष्ठलाई ल्याइएको छ ।
(यसअघि राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. रिजाल भएकोमा सच्याएको छ)