• शनिबार, ५ मंसिर २०८३
  • images
    images

    स्वास्थ्य मन्त्रालयका महाशाखामा व्यापक जिम्मेवारी हेरफेर

    स्वास्थ्य मन्त्रालयका महाशाखामा व्यापक जिम्मेवारी हेरफेर

    डा. रायमाझी जीपी कोइराला केन्द्रमा, डा. तिवारी उपचारात्मक सेवामा

    मंगलबार, मंसिर १ २०८३
    मंगलबार, मंसिर १ २०८३
    स्वास्थ्य मन्त्रालयका महाशाखामा व्यापक जिम्मेवारी हेरफेर

    काठमाडौं, १ मंसिर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका विभिन्न महाशाखा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले उपचारात्मक सेवा महाशाखा, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा लगायतका निकायमा नयाँ जिम्मेवारी तोकेको हो।

    मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा स्रोतका अनुसार उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीलाई तनहुँस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ। उहाँको स्थानमा वीर अस्पतालमा कार्यरत डा. श्रीराम तिवारीलाई उपचारात्मक सेवा महाशाखाको निर्देशकको जिम्मेवारी प्रदान गरिएको छ।

    यसअघि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको निर्देशकको जिम्मेवारीमा रहनुभएका डा. रामकुमार श्रेष्ठलाई उक्त जिम्मेवारीबाट हटाएर डा. रायमाझीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।

    यसैगरी, मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको प्रमुखको जिम्मेवारी डा. अमृत पोखरेललाई दिइएको छ। उक्त केन्द्रमा कार्यरत डा. हेमन्त ओझालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा गरिएको छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत डा. फणीन्द्र बराललाई भने कान्ति बाल अस्पतालमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

    मन्त्रालयले परिवार कल्याण महाशाखा र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा पनि कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। परिवार कल्याण महाशाखामा कार्यरत शर्मिला दाहाललाई नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा र उक्त महाशाखामा कार्यरत कविता अर्याललाई परिवार कल्याण महाशाखामा सरुवा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार