मकवानपुर ३ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिकामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
आज बिहान चपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खस्दा दुर्घटना भएको हो ।
बिहान करिब ८ः३० बजे भएको दुर्घटनाका बेला सुमोमा चालकसहित १० जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनालगत्तै उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीयवासीले घाइते र मृतकलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याएका छन् ।