काठमाडौं, मङ्सिर ३ गते । चिकित्सा शिक्षा आयोगले बीडीएस (दन्त चिकित्सा) अध्ययनका लागि सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरेको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । बीडीएस अध्ययनका लागि देशभर कुल ६२५ सिट उपलब्ध रहे पनि प्रवेश परीक्षामा ६ हजार २५६ जना उत्तीर्ण भएका छन् ।
उपलब्ध सिटभन्दा उत्तीर्ण हुने परीक्षार्थीको सङ्ख्या उल्लेख्य रूपमा बढी भएपछि बीडीएस अध्ययनका लागि प्रतिस्पर्धा थप कडा हुने देखिएको छ ।
प्रवेश परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीले आयोगले निर्धारण गर्ने भर्ना तथा विद्यार्थी छनोटसम्बन्धी प्रक्रियामा सहभागी हुनुपर्नेछ ।
हेरौ नतिजाः