• शनिबार, ५ मंसिर २०८३
  • images
    images

    टोखामा प्रहरी हवल्दारले आफैँलाई गोली प्रहार गर्दा मृत्यु

    टोखामा प्रहरी हवल्दारले आफैँलाई गोली प्रहार गर्दा मृत्यु

    शुक्रबार, मंसिर ४ २०८३
    शुक्रबार, मंसिर ४ २०८३
    टोखामा प्रहरी हवल्दारले आफैँलाई गोली प्रहार गर्दा मृत्यु

    काठमाडौं,४ मंसिर । काठमाडौँको टोखामा एक प्रहरी हवल्दारले आफैँलाई गोली प्रहार गर्दा मृत्यु भएको छ ।

    टोखा नगरपालिका–१ निवासी प्रहरी हवल्दार डोलनाथ ढकालले बिहीबार साँझ आफ्नै घरमा आफैँलाई गोली प्रहार गर्नुभएको हो ।

    गोली लागेर गम्भीर घाइते हुनुभएका ढकाललाई परिवारका सदस्यले तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याएका थिए । उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतले जानकारी दिनुभएको छ ।

    ढकाल उच्च अदालत पाटनका एक न्यायाधीशको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) का रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले न्यायाधीशको सुरक्षाका लागि आफूले बोक्ने सरकारी पेस्तोल प्रयोग गरी गोली प्रहार गर्नुभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

    गोली प्रहारबाट उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । गोली चलेको आवाज सुनेपछि परिवारका सदस्यहरू घटनास्थलमा पुग्नुभएको थियो ।

    घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार