• शनिबार, ५ मंसिर २०८३
  • images
    images

    एमबीबीएस प्रवेश परीक्षामा १० हजार ३२१ विद्यार्थी उत्तीर्ण

    एमबीबीएस प्रवेश परीक्षामा १० हजार ३२१ विद्यार्थी उत्तीर्ण

    बुधबार, मंसिर २ २०८३
    बुधबार, मंसिर २ २०८३
    एमबीबीएस प्रवेश परीक्षामा १० हजार ३२१ विद्यार्थी उत्तीर्ण

    काठमाडौँ, २ मंसिर  । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरेको एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी २० हजार ५७९ विद्यार्थीमध्ये १० हजार ३२१ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा सहभागी कुल विद्यार्थीको करिब ५० प्रतिशत हो ।

    चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा. देवेन्द्र खत्रीले एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिनुभयो ।

    आयोगले उपलब्ध गराएको विवरणअनुसार परीक्षामा सर्वाधिक अङ्क प्राप्त गर्ने विद्यार्थीले १८७.५ अङ्क प्राप्त गरेका छन् । परीक्षामा उत्तीर्ण हुन आवश्यक न्यूनतम कटअफ अङ्क ५६.२५ निर्धारण गरिएको थियो ।

    यस वर्षको प्रवेश परीक्षामा २० हजार ५७९ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये १० हजार ३२१ विद्यार्थीले ५०औँ पर्सेन्टाइलको मापदण्ड पूरा गरेका छन् ।

    एमबीबीएस अध्ययनका लागि आयोगले लिएको एकीकृत प्रवेश परीक्षाको नतिजासँगै चिकित्सा शिक्षातर्फको स्नातक तहको भर्ना प्रक्रिया अघि बढ्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार