• शनिबार, ५ मंसिर २०८३
  • images
    images

    बीडीएस अध्ययनरत ग्रिष्मा अधिकारीलाई ‘मिस ग्ल्यामर’को उपाधी

    बीडीएस अध्ययनरत ग्रिष्मा अधिकारीलाई ‘मिस ग्ल्यामर’को उपाधी

    हेल्दीखबर
    आइतबार, जेठ १४ २०८०
    हेल्दीखबर
    आइतबार, जेठ १४ २०८०
    बीडीएस अध्ययनरत ग्रिष्मा अधिकारीलाई ‘मिस ग्ल्यामर’को उपाधी

    काठमाडौँ, १४ जेठ । मिस नेपाल वर्ल्ड २०२३ शनिबार सम्पन्न भएको छ । २३ वर्षीया श्रीच्छा प्रधान यस वर्षको मिस नेपाल वर्ल्ड २०२३’ बन्न सफल हुनुभएको छ।
      हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उहाँले यो उपाधि जित्नुभयो ।

    यसपटक मिस नेपालको प्रतिस्पर्धामा दुई जना बीडीएसका विद्यार्थी र एक जना नर्सले भाग लिएका थिए । ती मध्ये एक जनाले एउटा टाइटल जित्नुभयो।


    बीडीएस अन्तिम वर्षकी विद्यार्थी ग्रिष्मा अधिकारीले ‘मिस ग्लामर’को उपाधी जितेकी हुन् । धादिङ घर भएकी उनी किष्ट मेडिकल कलेजमा बीडीएस अध्ययन्रत विद्यार्थी हुन् । आजको अन्तिम प्रतिष्पर्धामा उनी अन्तिम पाँचमा समेत छानिएकी थिईन् ।

    प्रतियोगितामा डेन्टल डाक्टर समेत बनिसकेकी कीर्ति बर्तौला र नर्स सदीक्षा थापाले भने कुनै टाइटल जित्न सकेनन् । हेटौडाँ स्थायी निवासी डा बर्तौला बीडीएस अध्ययन पुरा गरेकी डाक्टर हुन् । नर्स थापाले भने व्याचलरमा साइक्याट्रिक नर्सिङ अध्ययन् गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार