• शनिबार, ५ मंसिर २०८३
  • images
    images

    नर्स लुना लुइँटेललाई ‘मिस नेपाल वर्ल्ड’ को उपाधी

    नर्स लुना लुइँटेललाई ‘मिस नेपाल वर्ल्ड’ को उपाधी

    सोमबार, भदौ १६ २०८२
    सोमबार, भदौ १६ २०८२
    नर्स लुना लुइँटेललाई ‘मिस नेपाल वर्ल्ड’ को उपाधी

    काठमाडौं, १६ भदौ । मिस नेपाल इन्टरनेसनल २०२५ को उपाधि नर्स लुना लुइँटेलले  हात पार्न सफल हुनुभएको छ ।

    उहाँले नर्सिङमा स्नातक सम्मको उत्तीर्ण गर्नुभएको छ । नर्स लुना लुइँटेल हाल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ ।

     मिस टिन २०१५ की फर्स्ट रनरअपमा समेत पुग्न सफल लुनाले  विदेशमा अध्ययनपछि नेपाल फर्किएर जनस्वास्थ्य क्षेत्रमा योगदान दिने लक्ष्य राख्नुभएको छ।

    द हिडन ट्रेजरद्वारा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा  सम्पन्न अन्तिम प्रतिष्पर्धामा २६ फाइनलिस्टले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

    त्यसैगरी मिस नेपाल इन्टरनेसनल २०२५ को उपाधि दन्त चिकित्साकी विद्यार्थी उरुषा भण्डारीले हात पार्नुभयो ।

     ललितपुरकी २६ वर्षीया उरुषा भण्डारी दन्त शल्यक्रियामा स्नातक अध्ययनरत हुनुहुन्छ । फेसन शोमार्फत परिचित भण्डारीले मोडलिङ, स्वास्थ्य र समाजसेवाबाट परिवर्तन ल्याउने लक्ष्यमा हुनुहुन्छ ।

    ‘मिस नेपाल अर्थ २०२५’ को उपाधि भने सोनी घलेले प्राप्त गर्नुभयो ।

     रसुवाकी २५ वर्षीया सोनी घले खेलाडी तथा सामाजिक अभियन्ता हुनुहुन्छ ।

    शैक्षिक समानताको अभियान अन्तर्गत घलेले ‘एक शिक्षा’ परियोजना सञ्चालन गर्दै सरकारी र निजी शिक्षाबीचको खाडल कम गर्ने प्रयास गरिरहनुभएको छ ।

    तयसैगरी ‘मिस नेपाल कस्मो २०२५’को उपाधी दीपशिखा नेपालले पाउनुभयो। झापाकी २४ वर्षीया दीपशिखा नेपाल वातावरण विज्ञानकी विद्यार्थी हुनुहुन्छ । 

    वातावरणीय न्याय र नीतिगत वकालतमा सक्रिय उहाँले युवा र महिला सशक्तिकरणमा पनि योगदान दिँदै आउनुभएको छ ।

    यस वर्ष मिस नेपाल विजेताहरूले स्वास्थ्य, वातावरण, शिक्षा, समाजसेवा जस्ता क्षेत्रबाट प्राप्त गर्नुभएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार