काठमाडौँ, १ मंसिर । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायअन्तर्गत सञ्चालित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदमा १६ जना कर्मचारी माग गरेको छ।
अस्पतालले करार सेवामार्फत पदपूर्ति गर्ने गरी स्टाफ नर्स, रेडियोग्राफी टेक्निसियन, ल्याब असिस्टेन्ट र अ.न.मी. पदमा कर्मचारी माग गरेको हो।
अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार मुख्य सहायक तहमा १० जना स्टाफ नर्स र एक जना रेडियोग्राफी टेक्निसियन माग गरिएको छ। त्यस्तै, सहायक तहमा एक जना ल्याब असिस्टेन्ट र चार जना अ.न.मी.का लागि दरखास्त आह्वान गरिएको छ।
उक्त पदहरूमा योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। इच्छुक उम्मेदवारले पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, पोखरा–३०, खुदी, कास्कीमा कार्यालय समयभित्र उपस्थित भई दरखास्त पेस गर्नुपर्नेछ।
आवेदनका साथ शैक्षिक योग्यताका प्रमाणपत्र तथा लब्धाङ्कपत्र, सम्बन्धित परिषद्को अद्यावधिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, अनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि र एकप्रति व्यक्तिगत विवरण पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
आवेदकले कामना सेवा विकास बैंकमा रहेको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको खातामा एक हजार नौ सय रुपैयाँ परीक्षा दस्तुर जम्मा गरेको सक्कल बैंक भौचरसमेत पेस गर्नुपर्नेछ।
अस्पतालले लिखित परीक्षाको मिति २०८३ भदौ २२ गते र प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताको मिति २०८३ भदौ २९ गते निर्धारण गरेको छ। छनोट हुने कर्मचारीको पारिश्रमिक पोखरा विश्वविद्यालयको नियमानुसार हुने सूचनामा उल्लेख छ।
पदपूर्तिसम्बन्धी थप जानकारी पोखरा विश्वविद्यालयको वेबसाइट www.pu.edu.np बाट प्राप्त गर्न सकिनेछ।
हेरौँ सूचनाः