• शनिबार, ५ मंसिर २०८३
  • images
    images

    सुमो दुर्घटनामा ६ जनाको मृत्यु, ३ घाइते 

    सुमो दुर्घटनामा ६ जनाको मृत्यु, ३ घाइते 

    सोमबार, पुस २१ २०८२
    सोमबार, पुस २१ २०८२
    सुमो दुर्घटनामा ६ जनाको मृत्यु, ३ घाइते 

    हेटौंडा,२१ पुस । मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

    दुर्घटनामा तीन जना घाइते भएका छन् ।भीमफेदीमा  गाउँपालिका–६ जुरीखेतस्थित सडक खण्डमा सुमो गाडी दुर्घटना भएको थियो ।


    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार  साँझ काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको  हो ।

    घाइतेहरु नौ जनामध्य ६ जनाको हेटौंडा अस्पतालमा ल्याएपछी चिकित्सकले  मृत  घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । 

    दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोली करिब साढे ५ बजे घटनास्थलमा पुगेको थियो। सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडातर्फ पठाइएकोमा अहिले ३ जनाको उपचार भइरहेको छ ।

    सुमोमा सवार ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका थिए । दुर्घटनाग्रस्त सुमो गाडी घटनास्थलमै रहेको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वमा पर्दछ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
    मृतकको सनाखत हुन बाकी छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार