काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा सुनिल शर्मालाई नियुक्त गरेको छ । शर्मा एघारौं तहका स्वास्थ्य शिक्षा प्रशासक हुनुहुन्छ । शर्मा यसअघि स्वास्थ्य सेवा विभागमा हुनुहुन्थ्यो । सूचना केन्द्रमा निर्देशक रहेकी डा. राधिका थपलियालाई स्वास्थ्य विभागमा पठाइएको छ। स्वास्थ्य सचिव डा. रोशन पोखरेलका अनुसार राष्ट्रिय ट्रमा सेन्टरको निमित्त निर्देशकमा डा. प्रमोद जोशी नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै हाडजोर्नी विशेषज्ञ डा जोशीलाई ट्रमाको निर्देशक बनाएको हो । उहाँ दशौँ तहका चिकित्सक हुनुहुन्छ ।
जोशीलाई निर्देशक बनाउदा त्यहाँका निमित्त निर्देशक डा सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा सरुवा गरेर पुनः काजमा ट्रमा सेन्टरमै ल्याइएको छ ।