काठमाडौं । पाँचखाल नगरपालिका ३, काभ्रेकी माइली तामाङ निकै तनावमा थिइन्। भक्तपुर क्यान्सर अस्पताल परिसरमा तामाङ छटपट गर्दै थिइन् । उनलाई पाठेघरको क्यान्सर भएको थियो । डाक्टरले रोग निको हुने बताएपनि उपचारमा लाग्ने खर्च सुन्दा माइलीको होस हवास नै उडेको थियो। सामान्यः कृषि पेशा गरेर जीवन निर्वाह गरिरहेकी माइलीका लागि डाक्टरले भनेको जति रकम जुटाएर उपचार गर्नु त सपनामा मात्र सम्भव छ। ७३ वर्षीया तामाङले भनिन्, औषधि उपचार नै महँगो रहेछ। कहाँबाट त्यत्रो पैसा ल्याउने ? म त बाँच्दैन होला। मुलुकमा नसर्ने रोगको औषधि उपचार यति महँगो छ कि, अधिकांश नेपाली बाँच्ने आशा हुँंदाहुँंदै पनि उपचार खर्च नपाएर अकालमा ज्यान गुमाइरहेका छन्।
वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठ का अनुसार समयमै क्यान्सरको पहिचान नहुँदा कतिपयको पहिचानकै क्रममै धेरै रकम खर्च भइसकेको हुन्छ। उपचारका क्रममा कतिपयको श्रीसम्पत्ति सबै सकिन्छ।’ क्यान्सर, मिर्गौलालगायत नसर्ने रोग लाग्दा घरघडेरी बेच्नेहरू धेरै छन्। क्यान्सरका बिरामीले ६ साइकल पाँच महिनाको अवधिमा किमोथेपारी लगाउनु पर्ने हुन्छ। हरेकपल्ट कम्तीमा १० हजारदेखि ६० हजारसम्म खर्च हुने चिकित्सकहरू बताउँछन्। जुन रकम सर्वसाधारणको पहुँचभन्दा बाहिरको हो। किमोथेरोपीको साइड इफेक्ट भएको अवस्थामा बिरामीलाई थप आर्थिक भार पर्छ। कसैलाई छालाको समस्या, रगत कमी हुने, कसैलाई ज्वरो, वान्ता आउने लगायतका समस्याहरू उत्पन्न भयो भने थप खर्च हुन जान्छ।
सिकिस्त बिरामी हुँदा पनि अधिकांश सर्वसाधारण अस्पताल जान र डाक्टरलाई जँचाउन मान्दैनन्। त्यसको प्रमुखकारण हो, आर्थिक अभाव र महँगो उपचार। जेनतेन घरपरिवार धानिरहेकाहरूलाई डाक्टरले महँगो औषधि वा उपचार गर्न सल्लाह दिए के गर्ने भन्ने नै तनाब हुने गर्छ। सर्वसाधारणमा महँगो औषधिको भार लिनुभन्दा बरु रोग लुकाउनु नै ठीक भन्ने मनोविज्ञानले काम गरेको हुन्छ,
नसर्ने रोगका लागि विदेशी औषधिभन्दा हाम्रै देशमा उत्पादित औषधि उपभोक्ताका लागि सस्तो पर्ने गर्छन्। तर, पनि औषधि प्रयोग गर्न डाक्टरको प्रिक्रिप्सिन लिन र औषधिका लागि प्रचार प्रसारमा ठूलो रकम खर्च गर्नु परेका कारण स्वदेशमै निर्मित औषधि पनि थप महँगो हुन जान्छ र त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण पर्छन् ।
वरिष्ठ औषधि विज्ञबाबुराम हुमागाईका अनुसार, औषधि उत्पादक कम्पनीहरूले खुद्रा विक्रेता रसिफारिसकर्ता(चिकित्सक) लाई खुसी पार्न औषधि कम्पनीहरूको प्रतिस्पर्धात्मक बोनस र कमिसन को प्रस्ताव गर्ने प्रवृत्तिले पनि औषधि महँगो हुन पुगेको हारोगको उपचारको लागि प्रोटोकलको अभाव छ। प्रेसक्रिप्सनमा अराजकता छ। सिफारिसकर्ताले बिरामीको आर्थिक पक्षमा ध्यान नदिँदा सस्तो हुने उपचार पनि महँगो हुन पुग्छ।’ औषधिको सम्बन्ध बिरामीको जीवनमरणसंग प्रत्यक्ष जोडिएको हुन्छ।
औषधि उत्पादक एवं आयातकर्ताले चिकित्सकहरूका भोज, भतेरमा समेत खर्च गर्ने गरेको पाइएको छ। यो सबै खर्च अन्ततः औषधिको मूल्यमा जोडिन्छ। एजेन्ट, थोक विक्रेता हुँदै खुद्रा विक्रेतासम्मलाई कमिसन, बोनस दिने प्रवृत्तिले त्यसको मारमा उपभोक्ताहरू पर्छन्। औषधि उत्पादन नाफामूलक भन्दा पनि सेवामुलक व्यवसाय हो। गुणस्तरमा कुनै सम्झौता नगरि न्यूनतम नाफा लिएर औषधि व्यवसाय गर्नुपर्छ।’ डा. पौडेल भन्छन्, औषधिको प्याकेजिङ आकर्षकभन्दा पनि सस्तो र किफायति बनाउनुपर्छ।
नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपक दाहाल औषधि ऐन दूरदर्शी भएको र सरकारलाई औषधिसम्बन्धी सैद्धान्तिक तथा प्रशासनिक विषयमा परामर्श दिन र औषधिमा आत्मनिर्भर हुन परामर्श समितिको परिकल्पना गरिएको बताउनुभएको छ । क्यान्सरलगायत नसर्ने रोगका अधिकांश औषधिहरू विदेशबाट आयात गरिएका हुन्छन्। स्वभावतः मूल्य पनि महँगो पर्न जान्छ। (अन्न्नपूर्ण पोस्ट बाट)