• आइतबार, १४ भदौ २०८३
  • images

    डाक्टर गौतममाथि कार्यकक्षमै आक्रमणको प्रयास, दोषीलाई कडा कारबाही गर्न माग

    डाक्टर गौतममाथि कार्यकक्षमै आक्रमणको प्रयास, दोषीलाई कडा कारबाही गर्न माग

    हेल्दीखबर
    शुक्रबार, असार २४ २०७९
    हेल्दीखबर
    शुक्रबार, असार २४ २०७९
    डाक्टर गौतममाथि कार्यकक्षमै आक्रमणको प्रयास, दोषीलाई कडा कारबाही गर्न माग


    चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका कार्यकारी निर्देशक डा. देजकुमार गौतममाथि कार्यकक्षमा आक्रमण तथा हातपातको प्रयास भएको छ। बिहीबार दउसो गौतम माथि हातपात र आक्रमणको प्रयास भएको हो।
    डा गौतममाथि अस्पतालसँग असम्बन्धित व्यक्तिहरुले हातपात र आक्रमणको प्रयास गरेका थिए । डा गौतममाथि उहाँकै कार्यकक्षमा हुलहुज्जत एवं भौतिक आक्रमणको प्रयास भएको थियो । उक्त घटनापछि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले दोषीलाई कारबाही गर्न माग गरेको छ। महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै गौतममाथि भएको आक्रमणको घटना निन्दनीय भएको जनाएको छ।
     यो घटनाप्रति हाम्रो महासंघ खेद प्रकट गर्दछ,’ महासंघका महासचिव डा सन्तोष पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“महासंघले यस्ता कार्यमा संलग्न सबै दोषिलाई ’स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको पहिलो अध्यादेश २०७९’ अनुसार कुनै राजनीतिक आग्रह–पूर्वाग्रह नराखी कडा कारबाही गर्न गृह प्रशासन र स्वास्थ्य मन्त्रालयसँग माग गर्दछ ।”दोषिमाथि कारबाही नभए महासंघले देशव्यापी विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार