• बुधबार, ४ कात्तिक २०८३
  • images

    जङ्गली भालुको आक्रमणबाट दुई जना घाइते

    जङ्गली भालुको आक्रमणबाट दुई जना घाइते

    हेल्दीखबर
    आइतबार, मंसिर २६ २०७८
    हेल्दीखबर
    आइतबार, मंसिर २६ २०७८
    जङ्गली भालुको आक्रमणबाट दुई जना घाइते

      बैतडी । जङ्गली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन् ।

    शनिबार दिउँसो घर नजिकैका :जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार