• आइतबार, १४ भदौ २०८३
  • images

    तीस वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दै सिद्धार्थनगर नगरपालिका 

    तीस वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दै सिद्धार्थनगर नगरपालिका 

    शनिबार, जेठ ९ २०८३
    शनिबार, जेठ ९ २०८३
    तीस वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दै सिद्धार्थनगर नगरपालिका 

    रुपन्देही, ९ जेठ । सिद्धार्थनगर नगरपालिकाले समुदायस्तरमा बढ्दो नसर्ने रोग नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको छ। 

    नगरपालिकाले विशेषगरी ३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै उच्च रक्तचाप, मधुमेह, मिर्गौलालगायत नसर्ने रोगको प्रारम्भिक पहिचान र व्यवस्थापनमा जोड दिएको जनाएको छ।

    नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख माधव प्रसाद ज्ञवालीका अनुसार अभियानअन्तर्गत हालसम्म नगर क्षेत्रका १० हजारभन्दा बढी नागरिकको स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ। पहिलो चरणमा नगरपालिकाका कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।

    नगरपालिकाले वैशाख ५ देखि ७ गतेसम्म विभिन्न वडामा वृहत् निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो।

     प्रमुख प्रशासकीय अधिकृत जनक थापाका अनुसार शिविरमा महिला रोग, छाला रोग तथा फिजिसियन विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो।

    शिविर जेठ ५ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र बेलहिया, जेठ ६ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र मिश्रौलिया तथा जेठ ७ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र भुजौलीमा सञ्चालन गरिएको थियो।

    नगरपालिकाले आगामी दिनमा पनि समुदायस्तरमै स्वास्थ्य सेवा पहुँच विस्तार गर्दै नसर्ने रोगबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार