• आइतबार, १४ भदौ २०८३
  • images

    प्रत्येक प्रदेशमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि दुई करोडभन्दा बढी बजेट

    प्रत्येक प्रदेशमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि दुई करोडभन्दा बढी बजेट

    सोमबार, भदौ १४ २०७८
    सोमबार, भदौ १४ २०७८
    प्रत्येक प्रदेशमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि दुई करोडभन्दा बढी बजेट


    काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि करिब दुई करोड २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ। नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गर्दै आएको पेन प्याकेज अन्तर्गत चालु आर्थिक वर्षका लागि प्रत्येक प्रदेशमा दुई करोड २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको हो। 
    नसर्ने रोगको औषधि खरिदका लागि प्रत्येक प्रदेशमा एक÷एक करोड बजेट पठाएको नसर्ने तथा मानसिक रोग शाखा प्रमुख डा फणिन्द्र बरालले बताउनुभयो । पेन प्याकेज अन्तर्गत सरकारले मुटुजन्य रोग तथा उच्च रक्तचाप, मधुमेह, सिओपिडी र रोकथाम गर्न सकिने क्यान्सर (पाठेघर र स्तन क्यान्सर) रोगको औषधि उपलब्ध गराउँदै आएको डा बरालले जानकारी दिनुभयो । 
    चालु आर्थिक वर्ष भित्र यो कार्यक्रम सबै जिल्लामा पु¥याउने सरकारको लक्ष्य छ। गत वर्ष नै यो कार्यक्रम सबै जिल्लामा पु¥याउने भनिएपनि कोभिड महामारीका कारण असर पुगेको डा बरालले बताए। यो सँगै स्वास्थ्यकर्मीको तालिमका लागि ९० लाखदेखि एक करोड, विभिन्न औजार उपकरण खरिदका लागि १५ देखि २५ लाख रुपैयाँ प्रत्येक प्रदेशमा पठाइएको छ। 
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार