• शनिबार, १ कात्तिक २०८३
  • images

    कांग्रेसको घोषणापत्र : कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रलाई दिइने प्रतिबद्धता  

    कांग्रेसको घोषणापत्र : कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रलाई दिइने प्रतिबद्धता  

    हेल्दीखबर
    सोमबार, वैशाख १२ २०७९
    हेल्दीखबर
    सोमबार, वैशाख १२ २०७९
    कांग्रेसको घोषणापत्र : कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रलाई दिइने प्रतिबद्धता  

    काठमाडौं । नेपाली कांग्रेसले आइतबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा ‘सबैलाई स्वास्थ्य बिमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी’ नारा अगाडि बढाएको छ । 

    घोषणापत्रमा स्थानीय तहले विनियोजन गर्ने स्रोतबाट स्वास्थ्य क्षेत्रको बजेटलाई कम्तीमा १० प्रतिशत पु¥याउने, जनस्वास्थ्य,भूगोल, विद्यमान स्वास्थ्य संस्था, अवस्था पहुँच र गुणस्तर, उमेर समूहका आधारमा रोगको भार र सूचक हेरेर स्थानीय स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिबद्धता जनाइएको छ।

    images

    यस्तै, सबै स्वास्थ्यसंस्थाबाट सामान्य आकस्मिक सेवा नियमित प्रवाह हुने व्यवस्था, हरेक स्थानीय तहमा सुविधानसम्पन्न एम्बुलेन्स सेवा र दमकलको व्यवस्था, एक वर्षभित्र स्थानीय तहको स्वास्थ्य प्रणालीका लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी व्यवस्था गर्ने, दुर्गम गाउँ नगरपालिकाको हकमा चिकित्सा शिक्षा आयोगसँग समन्वय गरी जेहेन्दार विद्यार्थीका लागि स्थानीय तहले आफ्नो स्रोतमा चिकित्सकलगायतको जनशक्तिका लागि छात्रवृत्ति र अध्ययनपश्चात आफ्नो स्थानीय तहमा सेवा दिने प्रबन्ध गर्नेलगायतका प्रतिबद्धता जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार