• शनिबार, १ कात्तिक २०८३
  • images

    स्वास्थ्य क्षेत्रमा दुई दिन विदाः कार्यान्वयन हुन्छ, हुदैन !

    स्वास्थ्य क्षेत्रमा दुई दिन विदाः कार्यान्वयन हुन्छ, हुदैन !

    आइतबार विदा दिने या नदिने विषयमा आज छलफल गर्दै स्वास्थ्य मन्त्रालय

    हेल्दीखबर
    बिहीबार , वैशाख २२ २०७९
    हेल्दीखबर
    बिहीबार , वैशाख २२ २०७९
    स्वास्थ्य क्षेत्रमा दुई दिन विदाः कार्यान्वयन हुन्छ, हुदैन !
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

    काठमाडौँ । सरकारले सातामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । 
    आइतबार पनि सार्वजनिक विदा दिने सरकारको निर्णयलाई स्वास्थ्य क्षेत्रमा कसरी लागू  गर्ने भन्ने विषयमा अन्यौलता छाएको छ । 
    स्वास्थ्य क्षेत्रमा सातामा दुई दिन विदा दिन नहुने पक्षमा पनि आवाज उठिरहेको छ । नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ लगायतका संघसस्थाहरुले भने चिकित्सक सहित अन्य स्वास्थ्यकर्मीलाई सातामा दुई दिन विदा दिनुपर्ने माग गर्दै आएका छन् । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहि विषयमा आज सरोकारवालाहरुसंग छलफल गर्ने भएको छ।स्वास्थ्य मन्त्रालयले आज ठूला सरकारी अस्पतालका निर्देशकहरु, चिकित्सकका पेशागत संगठनका प्रतिनिधि, नर्सिङ प्रतिनिधि, स्वास्थ्यसम्वन्ध कर्मचारीहरुको पेशागत संस्थाका प्रतिनिधिहरुसंग छलफल गर्ने भएको हो। 
    ‘ अस्पतालमा काम गर्ने चिकित्सक नर्स तथा अन्य प्राविधिक कर्मचारी सबैले उक्त विदा पाउनुपर्ने माग हुँदै आएको छ।  उक्त विदाले उपचार सेवालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा आइतबारका लागि छलफलका लागि बोलाएको छ।
    यसअघि नेपाल चिकित्सक संघले दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णयको स्वागत गर्दै सरकारलाई आग्रह गरेको थियोे । सरकारी चिकित्सक संघले 
    सरकारले दुई दिन गर्ने विदा चिकित्सक तथा स्वास्थ्यकर्मी र अस्पतालहरुमा पनि लागू हुनुपर्ने र यदि लागू नगरी सेवामा खटिन परे विशेष सुविधा र प्रोत्साहनको व्यवस्था मिलाउनु पर्ने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार