• बिहीबार , २९ असोज २०८३
  • images
    images

    काठमाडौं उपत्यकामा थप ४५८ जनालाई कोरोना पुष्टि, सक्रिय संक्रमित ८३३०

    काठमाडौं उपत्यकामा थप ४५८ जनालाई कोरोना पुष्टि, सक्रिय संक्रमित ८३३०

    हेल्दीखबर
    मंगलबार, असार १५ २०७८
    हेल्दीखबर
    मंगलबार, असार १५ २०७८
    काठमाडौं उपत्यकामा थप ४५८ जनालाई कोरोना पुष्टि, सक्रिय संक्रमित ८३३०


    काठमाडौं,१५ असार। काठमाडौं उपत्यकामा आज ४५८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० गरी ४५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज देशभर २ हजार ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ३४८जना निको भएका छन् भने २० जनाको मृत्यु भएको छ । 

    images

    पछिल्लो २४ घण्टामा ७२५९ पीसीआर र ४४८९ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ७४८ जनाको कोरोना परीक्षण भएको छ । जसमा पीसीआरमा १७२८ र  एन्टीजेनमा ९०८ जनालाई पोजेटिभ देखिएको छ । 

    नेपालमा अहिलेसम्म ६ लाख ७० हजार ८५७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ९२ हजार ५३५ जनाले कोरोना जितेका छन् भने ९ हजार ७१ जनाको मृत्यु भएको छ । अहिले ३५ हजार ३१० जना संक्रमित आइसोलेसनमा रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार