• आइतबार, १४ भदौ २०८३
  • images

    काठमाडौं उपत्यकामा थपिए ३७६ जना संक्रमित 

    काठमाडौं उपत्यकामा थपिए ३७६ जना संक्रमित 

    शनिबार, असार १९ २०७८
    शनिबार, असार १९ २०७८
    काठमाडौं उपत्यकामा थपिए ३७६ जना संक्रमित 


    काठमाडौं,१९ असार । शनिबार काठमाडौं उपत्यकामा ३७६ जना व्यक्ति संक्रमित भउका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २४६, भक्तपुरमा ४९ र ललितपुरमा ८१ जनालाई संक्रमण पुष्टि भएको हो ।

    आज देशभर थप २ हजार ३२८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८३७ पीसीआर र ४२९६ जनाको एन्टीजेन परीक्षण गर्दा १० हजार १३३ जनामा पोजेटिभ देखिएको हो । 

    यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ६६ हजार जना संक्रमणमुक्त भएका छन् भने १९ संक्रमितको मृत्यु भएको छ । अहिले २७ हजार ७१६ जना संक्रमित आइसोलेसनमा छन् । 

    नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ । जसमध्ये ६ लाख ६ हजार ६६६ हजार जना निको भएका छन् भने ९ हजार १९८ जनाको मृत्यु भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार