काठमाडौ,१३ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप एक हजार ९२० जना कोरोना संक्रमित थपिएका छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले यो सहित नेपालमा कुल सक्रमितको संख्या छ लाख ६५ हजार ७७७ जना पुगेको जानकारी दिनुभयो । यस्तै कोरोना भाइरस संक्रमण निको हुनेको संख्या पाँच लाख ८४ हजार ३३४ जना पुगेको छ । गत २४ घण्टामा तीन हजार सात जना संक्रमित निको भएका छन् । प्रवक्ता डा.पौडेलले छ हजार जनाको पीसीआर र तीन हजार ८३६ जनाको एन्टीजेन विधिबाट गरी कुल नौ हजार ८३६ जनाको परिक्षण गरिएकोमा पिसिआरबाट एकहजार ३५३ जना र एन्टिजेनबाट ५६७ जना गरी कुल एक हजार ९२० जना संक्रमित भएको जानकारी दिनुभयो ।