काठमाडौँ, २० असार । आईतबार नेपालमा थप एक हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ । जसमध्ये ६ लाख ९ हजार २१८ हजार जना निको भएका छन् । आज थप २७ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्युहुने संख्या ९ हजार २२५ पुुगेको छ । यहि अवधीमा थप २ हजार ५५२ जना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले ४ हजार ८ सय ७६ जनाको पीसीआर बिधिबाट र ३ हजार २ सय ५६ जनाको एन्टीजेन विधिबाट गरी कुल ८ हजार १ सय ३२ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल १ हजार ६०३ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।
जसमध्ये आज काठमाडौँमा ३४२ ,भक्तपुरमा ३१ र ललितपुरमा ८८ जना गरी काठमाडौँ उपत्यकामा ४६१ जना थपिएका छन् ।
यो संगै नेपालमा पीसीआर एन्टीजेन बिधिबाट गरी कुल ३५ लाख ७२ हजार ७९० नमुना परीक्षण भएको छ ।
देशभरका कोभिड अस्पतालका आइसीयूमा ६०८र भेन्टीलेटर १८१ जना संक्रमित उपचाररत छन् ।