• आइतबार, १४ भदौ २०८३
  • images

    थप दुई हजार ६३६ जनालाई कोरोना संक्रमण, चार हजार ३४८ जना निको

    थप दुई हजार ६३६ जनालाई कोरोना संक्रमण, चार हजार ३४८ जना निको

    मंगलबार, असार १५ २०७८
    मंगलबार, असार १५ २०७८
    थप दुई हजार ६३६ जनालाई कोरोना संक्रमण, चार हजार ३४८ जना निको

    काठमाडौं । पछिल्लो  २४ घण्टामा २ हजार ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ३४८जना निको भएका छन् भने २० जनाको मृत्यु भएको छ । 

    पछिल्लो २४ घण्टामा ७२५९ पीसीआर र ४४८९ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ७४८ जनाको कोरोना परीक्षण भएको छ । जसमा पीसीआरमा १७२८ र  एन्टीजेनमा ९०८ जनालाई पोजेटिभ देखिएको छ । 

    नेपालमा अहिलेसम्म ६ लाख ७० हजार ८५७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ९२ हजार ५३५ जनाले कोरोना जितेका छन् भने ९ हजार ७१ जनाको मृत्यु भएको छ । अहिले ३५ हजार ३१० जना संक्रमित आइसोलेसनमा रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार