काठमाडौं, ७ चैत । धनगढीस्थित गेटा अस्पतालको निर्देशकमा डा प्रमोद यादव नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै डा यादवलाई निर्देशकमा नियुक्त गरिएको हो ।
गेटामा यसअघि डा अशोक श्रीपाइली निर्देशक हुनुहुन्थ्यो । उहाँले गत माघ ६ गते नै पदबाट राजीनामा दिनुभएको थियो। त्यसयता गेटामा निर्देशक पद खाली थियो।
यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १० औं तहमा कार्यरत चिकित्सक हुनुहुन्छ । यसैगरी उहाँले जनकपुरस्थित मधेस स्वास्थ्य प्रतिष्ठानमा पनि प्रमुख मेडिकल सुपरिटेन्डेन्टको रुपमा काम गरिसक्नु भएको छ । उहाँले यसअघि राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टको रुपमा काम गरिसक्नुभएको छ ।