• मंगलबार, २७ असोज २०८३
  • images

    साउन १५ भित्र ३२ लाख भेरोसेल खोप ल्याइने

    साउन १५ भित्र ३२ लाख भेरोसेल खोप ल्याइने

    हेल्दीखबर
    शनिबार, साउन २ २०७८
    हेल्दीखबर
    शनिबार, साउन २ २०७८
    साउन १५  भित्र ३२ लाख भेरोसेल खोप ल्याइने


    काठमाडौं,२ साउन । सरकारले चीनबाट १५ साउनसम्म ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । नेपालले चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत १५ साउन भित्र ल्याउन लागिएको हो ।
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट नियमित ल्याउन थालिएको जानकारी दिनुभयो । गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार खोप लिनका लागि जहाज चीनतर्फ जाने छ । निगमको वाइडबडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ । अधिकारीका अनुसार  चीनसँग खरिद गरिएको खोप लिन यही साउन ७ गते पौनै ६ः०० बजे गएर साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यस्तै साउन ७ गते पुनः जहाज गएर ८ गते र ९ गते गएर १० गते खोप नेपाल ल्याइने छ । यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार