• शनिबार, १ कात्तिक २०८३
  • images

    असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप दिईने

    असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप दिईने

    हेल्दीखबर
    शुक्रबार, असार ११ २०७८
    हेल्दीखबर
    शुक्रबार, असार ११ २०७८
    असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप दिईने
    स्वास्थ्य सचिव लक्ष्मण अर्याल


    काठमाडौं,११ असार । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले  सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई  कोभिडको पहिलो मात्रा खोप दिने लक्ष्य राखेको बताउनुभएको छ । उहाँले कम्तिमा ३३ प्रतिशत जनसंख्यालाई पहिलो मात्रा खोप दिनसके हदसम्म संक्रमण नियन्त्रण गर्न सक्ने देखिएको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले पदबहाली गर्ने क्रममा उहाँले ३३ प्रतिशत जनसंख्यालाई सम्भब भएसम्म  दुबैमात्रा सम्बव नभए पहिलो मात्रामात्रै भएपनि खोप दिन सके नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो । यसका लागि हामीलाई एक करोड ५० लाख डोज आवश्यक पर्ने बताउँदै सचिव अर्यालले १ करोड १० लाख डोज खोपको अर्डर गरिएको जानकारी दिनुभयो । 
    नेपालमा कोभ्याक्स सुविधाबाट २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलव्ध हुने र बाँकी सरकारनै खरिद गर्नुपर्ने भएकाले खोपलाई कूटनीतिक तथा राजनीतिक तवरले पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । 

    नेपालले कोभ्याक्स सुविधामार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने अर्थात १ करोड २० लाख डोज खोप प्राप्त गर्ने र यसमध्ये ३ लाख ४८ हजार डोज खोप उपलव्ध भएको उहाँले बताउनुभयो ।

    images

    संक्रमणको पहिलो र दोस्रो लहरमा आइपुग्दा त्यति खरावस्थिति नदेखिएपनि अबका लहरबाट जोगिन अहिलेबाटै तयारी गर्नुपर्ने भएकोले सोही अनुसार मन्त्रालयबाट काम भइरहेको दाबी उहाँको छ । ‘पहिलो लहरमा मृत्युदर कम रहेपनि दोस्रो लहरमा स्वास्थ्य प्रणालीले धान्नै नसक्ने स्थिति देखियो अब हामी तेस्रो लहरबाट जोगिन पूर्वतयारीमा छौ’ ,सचिव अर्यालले भन्नुभयो । 

    खोपको चर्चा भएपनि समयमै खोप उपलव्ध नहुँदा अभियान सुरु भएको ५ महिनामा जम्मा २५ लाख ५६ हजार १२९ जना अर्थात्  ८ दशमलब २ प्रतिशत जनसंख्याले पहिलो मात्रा र ७ लाख ४५ हजार ६७० अर्थात् २ दशमलब ३ प्रतिशत जनसंख्या मात्रैले दुबै मात्रा खोप पाएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार