• आइतबार, १४ भदौ २०८३
  • images
    बालबालिकालाई खोप

    इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन शुरु

    इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन शुरु

    शनिबार, असार १९ २०७८
    शनिबार, असार १९ २०७८
    इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन शुरु

     

      जाकार्ता, १९ असार । इन्डोनेसियाको सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र युवायुवतीलाई पनि कोरोना भाइरसका विरुद्धको खोप लगाउन शुरु गरेको छ । प्राप्त समाचारअनुसार ती नागरिकलाई खोप लगाउनका लागि शुक्रबारबाट अभियान नै शुरु गरिएको बताइएको छ ।
    शुक्रबार एन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक सार्वजनिक विद्यालयबाट सो खोप अभियानको शुरुवाता गरिएको बताइएको छ । आज बिहान सो विद्यालयका १०० जना विद्यार्थीलाई खोप लगाएर सो अभियान थालिएको छ । सरकारले बालबालिकालाई खोप लगाउने कार्यक्रमलाई एक राष्ट्रिय अभियानका रुपमा शुरु गर्ने जनाएको छ ।
    इन्डोनेसियाको जाकार्ता प्रान्तीय प्रशासनले यस क्षेत्रका कम्तीमा पनि १२ लाख जना बालबालिकालाई यो खोप दिने लक्ष्य राखेको छ । विद्यालयहरुमा नै पुगेर सो खोप दिइने स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
    जुलाई १ सम्मको तथ्यांकअनुसार तीन करोडभन्दा बढी नागरिकले सिनोभ्याक्सको एक मात्रा खोप लगाइसकेका छन् । त्यसैगरी १ करोड ३० लाख मानिसले दुवै मात्रा खोप लिएका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
    रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार