• सोमबार, २६ असोज २०८३
  • images

    अमेरिकामा नेपाली भाषा, कला र संस्कृतिको उत्सवः दोस्रो किड्स ट्यालेन्ट शो–२०२६ भव्य रूपमा सम्पन्न

    अमेरिकामा नेपाली भाषा, कला र संस्कृतिको उत्सवः दोस्रो किड्स ट्यालेन्ट शो–२०२६ भव्य रूपमा सम्पन्न

    मंगलबार, असार ९ २०८३
    मंगलबार, असार ९ २०८३
    अमेरिकामा नेपाली भाषा, कला र संस्कृतिको उत्सवः दोस्रो किड्स ट्यालेन्ट शो–२०२६ भव्य रूपमा सम्पन्न

    बाल्टिमोर, अमेरिका ९  असार ।  अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)  मेरिल्यान्डद्वारा आयोजित  ‘दोस्रो किड्स ट्यालेन्ट शो–२०२६’ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। नेपाली भाषा, कला, संस्कृति तथा पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रवासमा हुर्किएका नेपाली बालबालिकाहरूले गायन, नृत्य तथा नेपाली भाषा वक्तृत्वकलामा उत्कृष्ट प्रतिभा प्रस्तुत गरेका थिए।

    कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरन  प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशेष अतिथिका रूपमा मेरिल्यान्ड स्टेट डेलिगेट डा। ह्यारी भण्डारी तथा ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकाल सपरिवार उपस्थित हुनुभएको थियो। 

    inash4.jfif

    कार्यक्रम सफल बनाउन इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारीले स्वागत, समन्वय तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सहभागी तथा अभिभावकहरूले उहाँको नेतृत्वमा कार्यक्रम अत्यन्त व्यवस्थित, प्रभावकारी र प्रेरणादायी बनेको प्रतिक्रिया दिएका छन्। कार्यक्रम संयोजक सुशील पंगेनी तथा अमृता नेपालको आकर्षक सञ्चालन, बालबालिकासँग नेपाली भाषामा गरिएको आत्मीय संवाद तथा उत्कृष्ट व्यवस्थापनले दर्शकहरूको विशेष प्रशंसा पाएको थियो।

    प्रतियोगिताको गायनतर्फ वरिष्ठ गीतकार सञ्जीव प्रधान तथा भगवान भण्डारी निर्णायक रहनुभएको थियो। नृत्यतर्फ वरिष्ठ कलाकार उषा पौडेल, पूजा चन्द तथा सारंगा श्रेष्ठ निर्णायक रहनुभएको थियो भने नेपाली भाषा वक्तृत्वकलातर्फ डा। रानी साक्य, कवि सुनिता बस्नेत तथा कवि नीर थापा निर्णायक मण्डलमा रहनुभएको थियो।

    inash 1.jfif

    प्रतियोगितामा नृत्यतर्फ प्रतिष्ठा देवकोटा, गायनतर्फ आर्शिभ खनाल तथा नेपाली भाषा वक्तृत्वकलातर्फ कृपा ढकाल च्याम्पियन बन्न सफल हुनुभएको छ। त्यसैगरी उत्कृष्ट प्रदर्शन गर्दै ‘टप टेन फाइनलिस्ट’मा निसिजा गर्बुजा, राइम केसी, सृजिता तामाङ, शिवानी रामदाम, जिज्ञासा केसी, सोनिया बराइली, एन्स्ली मगर, समृद्धि पाथदेउती, संगीत पहारी तथा मिरन लिम्बु छनोट भएका थिए।

    नृत्यतर्फ सुसिता पंगेनी, राइम केसी, अपेक्षा ढुङ्गेल, प्रकृति ढकाल, प्राप्ति डी खत्री, सियारा मगर, प्रमोनिका वालिङ, ब्रियाना लक्ष्मी ओझा, आन्वी पौडेल, निसिजा गर्बुजा, मिरन लिम्बु, शिवानी रामदाम, श्रेया पौडेल, प्राग्यी इहिना सुनार, कृषा विश्वकर्मा, आरुग्य ढकाल, रियान्सी तामाङ, सृजिता तामाङ, दृष्टि शर्मा, सोनिया बराइली, जिज्ञासा केसी तथा प्रतिष्ठा देवकोटाले सहभागिता जनाउनुभएको थियो।

    गायनतर्फ आर्शिभ खनाल, समृद्धि पाथदेउती, प्रशन्न पौडेल तथा संगीत पहारी सहभागी हुनुभएको थियो भने नेपाली भाषा वक्तृत्वकलामा कृपा ढकाल, दिव्यांक कमाली तथा एन्स्ली मगरले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रम सफल बनाउन प्रमुख प्रायोजक तथा संस्थापक सल्लाहकार अमर छन्त्याल र सहप्रायोजक इन्द्र थापाको विशेष योगदान रहेको आयोजकले जनाएको छ। संस्थाका निवर्तमान अध्यक्ष तथा संगीतकर्मी लक्ष्मण पौडेल कार्यक्रम व्यवस्थापनमा सक्रिय रूपमा खटिनुभएको थियो।

    यस अवसरमा मेरिल्यान्ड स्टेट डेलिगेट डा। ह्यारी भण्डारीले नेपाली भाषा, कला, संस्कृति तथा समुदायप्रति पुर्‍याएको योगदानको सम्मानस्वरूप इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारी तथा कार्यक्रम संयोजक सुशील पंगेनीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो।

    inash2.jfif

    कार्यक्रममा सहभागी सम्पूर्ण बालबालिकालाई नेपाली झण्डासहितको खादा, मायाको चिनो, प्रमाणपत्र तथा जनही ५० अमेरिकी डलर प्रदान गरिएको थियो। त्यसैगरी टप टेन फाइनलिस्टलाई १०० अमेरिकी डलर तथा प्रत्येक विधाका च्याम्पियनलाई ५०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रमकै अवसरमा इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारी, कार्यक्रम संयोजक सुशील पंगेनी तथा निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले संयुक्त रूपमा ‘इनास कला केन्द्र’ स्थापना गर्ने घोषणा गर्नुभएको छ। उक्त केन्द्रमार्फत नेपाली नृत्य, गायन, नेपाली भाषा कक्षा तथा जुम्बा कक्षा सञ्चालन गरिने जानकारी दिइएको छ। नयाँ पुस्तालाई नेपाली संस्कृति र पहिचानसँग जोड्दै प्रतिभा विकास गर्ने उद्देश्यले कला केन्द्र स्थापना गर्न लागिएको आयोजकले जनाएको छ।

    कार्यक्रममा इनास उत्तर अमेरिका क्षेत्रीय संयोजक राहुल केसी, सहसंयोजक दिनेश कार्की, इनास अमेरिका अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष गोपालचन्द्र लामिछाने, कोषाध्यक्ष मनीष शर्मा, इनास भर्जिनिया अध्यक्ष विश्व पौडेल, सल्लाहकार राजु केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सफल बनाउन अध्यक्ष शान्ति भण्डारीको नेतृत्वमा इनास मेरिल्यान्डको सम्पूर्ण टोली सक्रिय रूपमा खटिएको थियो। सचिव प्रकाश कँडेल, वरिष्ठ उपाध्यक्ष राजु ढुङ्गेल, सांगीतिक संयोजक खिम मस्राङी मगर, कोषाध्यक्ष स्वरुपा रसाइली लगायत सम्पूर्ण पदाधिकारी, स्वयंसेवक तथा कलाकारहरूले कार्यक्रम व्यवस्थापन, समन्वय तथा सञ्चालनमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो।

    कार्यक्रमको समापनमा इनास मेरिल्यान्डले सम्पूर्ण प्रायोजक, सहयोगी, पत्रकार, फोटोग्राफर, स्वयंसेवक, अभिभावक तथा सहभागी बालबालिकाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। आयोजकका अनुसार कार्यक्रमले प्रवासमा रहेका नेपाली मूलका बालबालिकामा नेपाली भाषा, कला र संस्कृतिप्रतिको लगाव बढाउनुका साथै नेपाली पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार