• मंगलबार, २७ असोज २०८३
  • images

    डाक्टर विजय पौडेलको निधन

    डाक्टर विजय पौडेलको निधन

    सोमबार, असोज २६ २०८३
    सोमबार, असोज २६ २०८३
    डाक्टर विजय पौडेलको निधन

    काठमाडौँ, २६ असोज। डाक्टर विजय पौडेलको निधन भएको छ। 
    कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार अस्पताल पुर्‍याउने क्रममा पौडेलको निधन भएको हो।

    लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय पौडेल नेकपा एमालेमा आबद्ध हुनुहुन्थ्यो । एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीबाट अलग भएर छुट्टै दल गठन गरेपछि पौडेल पनि नेपाल नेतृत्वको एकीकृत समाजवादीमा आबद्ध हुनुभएको थियो। त्यसपछि उहाँ नेकपा संयुक्तमा सक्रिय हुनुहुन्थ्यो।

    राजनीतिसँगै सञ्चार क्षेत्रमा समेत संलग्न पौडेल जनता टेलिभिजनका सञ्चालकसमेत हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार