• आइतबार, १४ भदौ २०८३
  • images

    ह्रदयघातबाट पत्रकार  सिद्दिकीको निधन

    ह्रदयघातबाट पत्रकार  सिद्दिकीको निधन

    हेल्दीखबर
    सोमबार, असार २१ २०७८
    हेल्दीखबर
    सोमबार, असार २१ २०७८
    ह्रदयघातबाट   पत्रकार  सिद्दिकीको निधन

     नेपालगन्ज,२१ असार । पत्रकार  मोबिनुद्दिन सिद्दिकीको ४३ वर्षको उमेरमा निधन भएको छ । नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य तथा  युथ टुडे अनलाइनका सम्पादक समेत हुनुहुन्थ्यो ।  पत्रकार सिद्दिकीको ह्रदयघातका कारण आइतवार राती  निधन भएको हो ।
    उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल पुर्याउदै  सिद्दिकीको निधन भइसकेको चिकित्सकले घोषणा गरेका थिए । सिद्दिकी महासंघसँगै प्रेस संगठन बाँके र मुस्लिम पत्रकार क्लबमा आवद्ध रहनुभएको थियो ।
    सिद्दिकी नेपाालगन्जबाट प्रकाशित युथ टुडे अनलाइनका सम्पादको जिम्मेवारीमा समेत रहनुभएको थियो । नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोजी निवासी सिद्दिकीको  दिउँसो १ बजे इस्मालीक संस्कार अनुसार कब्रिस्तानमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।
    उहाँका श्रीमति, एकछोरा र एक छोरी हुनुहुन्छ । सिद्दिकीको निधनप्रति नेपाल पत्रकार महासंघ बाँके, प्रेस चौतारी तथा प्रेससंगठनलगायतका पत्रकारका संघसंगठनहरुले दुख व्यक्त गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार