काठमाडौं । आयुर्वेद चिकित्सा क्षेत्रका अब्बल चिकित्सक तथा आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा.ऋषिराम कोइरालाको निधन भएको छ। डा. कोइरालाको हृदयघातबाट निधन भएको हो। उहाँलाई ह्यम्स अस्पतालमा भर्ना गरिएको थियो। हृदयघात भएपछि उहाँको स्वास्थ्य स्थिति जटील हुँदा आइसियुमा राखेर उपचार भइरहेको थियो। डा. कोइरालाले क्यान्सर रोग लागेका स्नायु रोग चिकित्सक डा उपेन्द्र देवकोटाको पनि उपचार गर्नुभएको थियो।