काठमाडौं,१४ माघ । रजेना स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी चन्द्रबहादुर सुनारको हृदयघातबाट निधन भएको छ।
सुर्खेतको चिङ्गाड गाउँपालिकास्थित रजेना स्वास्थ्य चौकीमा कार्यरत सुनारको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा उपचारको क्रममा निधन भएको हो ।
उनी रजेना स्वास्थ्य चौकी इन्चार्ज हुन्।