• सोमबार, २६ असोज २०८३
  • images

    स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त

    स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त

    सोमबार, असोज २६ २०८३
    सोमबार, असोज २६ २०८३
    स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त

    काठमाडौँ, असोज २६ गते । स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा तीन जना नियुक्त हुनुभएको छ ।

    बोर्डको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त हुनुभएको हो ।

    नवनियुक्त सदस्यहरूले सोमबार आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

    तीन सदस्यको नियुक्तिसँगै स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेका सदस्य पदहरू पूर्ति भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार