धनगढी, १४ माघ। कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. जगदीश जोशी नियुक्त हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले ११औँ तहमा बढुवा गरेपछि डा. जोशीलाई उक्त जिम्मेवारी प्रदान गरेको हो।
उहाँले यसअघि स्वास्थ्य सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी पनि सम्हालिसक्नु भएको छ ।