• शनिबार, १ कात्तिक २०८३
  • images

    लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख  मेसुमा डा. विष्णु गौतम नियुक्त

    लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख  मेसुमा डा. विष्णु गौतम नियुक्त

    मंगलबार, वैशाख ८ २०८३
    मंगलबार, वैशाख ८ २०८३
    लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख  मेसुमा डा. विष्णु गौतम नियुक्त

    बुटवल, ८ वैशाख । लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. विष्णु गौतम नियुक्त हुनुभएको छ।

    लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उहाँलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

    images

    प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकबाट अन्तरिम व्यवस्थाका रूपमा डा. गौतमलाई मेसु नियुक्त गरिएको जानकारी दिनुभयो।

    यसअघिका मेसु डा. इन्द्र ढकाललाई स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरेपछि डा गौतम प्रमुख मेसुमा नियुक्त हुनुभएको हो। 

    अस्पतालको व्यवस्थापन सुदृढ बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

    डा. गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस (जहेस) समूहअन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुनुहुन्छ। 

    लामो समयदेखि सरकारी स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदै विभिन्न जिम्मेवारी सम्हालेको अनुभवका आधारमा उहाँलाई मेसुको जिम्मेवारी दिइएको हो ।

    लुम्बिनी  क्षेत्रकै सबैभन्दा ठूलो मानिने लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक करिब २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामीले उपचार सेवा लिने गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार