काठमाडौं, ४ पुस । महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. रुद्र मरासिनीले जिम्मेवारी पाउनुभएको छ ।
सेन्टरका प्रमुख मेसु डा. बद्री रिजालले नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी दिनुभएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।
रिजालको राजिनामापछि मरासिनीले सेन्टरको निमित्त प्रमुखको जिम्मेवारी पाउनुभएको हो ।
डा. रिजालले वरिष्ठतालाई मुख्य आधार बनाउँदै डा. मरासिनीलाई निमित्तको कार्यभार दिनुभएको हो ।
नवनियुक्त निमित्त प्रमुख डा. रुद्र मरासिनी राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ।
डा मरासिनीले यसअघि पनि ट्रमा सेन्टरको प्रमुख पदमा हुनुहुन्थ्यो ।
यसअघि उहाँले स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र व्यवस्थापन महाशाखाको प्रमुख भएर काम गर्नुभएको छ ।
त्यो भन्दा अघि मरासिनी भरतपुर अस्पतालको निर्देशक पदमा हुनुहुन्थ्यो ।