• आइतबार, १४ भदौ २०८३
  • images

    दुई अर्ब बढीको उपकरण हस्तान्तरण

    दुई अर्ब बढीको उपकरण हस्तान्तरण

    शुक्रबार, साउन १६ २०८२
    शुक्रबार, साउन १६ २०८२
    दुई अर्ब बढीको उपकरण हस्तान्तरण

    काठमाडौँ, १५ साउन ।  स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले आर्थिक वर्ष २०८१ । ०८२ मा दुई अर्ब १ करोड ९१ लाख ८६ हजार ८४ रुपैयाँ बराबरको उपकरण सरकारी स्वास्थ्य संस्थाहरुलाई वितरण गरेको छ । 

    संघीय, प्रादेशिक र स्थानीय तहका अस्पताल तथा स्वास्थ्य संस्थालाई सामग्री वितरण गर्न आयोजित कार्यक्रममा महाशाखाका निर्देशक डा पवनजंङ्ग रायमाझीले दुई अर्ब १ करोड ९१ लाख ८६ हजार ८४ रुपैयाँ बराबरको उपकरण सरकारी स्वास्थ्य संस्थाहरुलाई वितरण गरेको जानकारी दिनुभयो । 

    उहाँले कुल १४ हजार ६१ वटा सामग्री वितरण भएको जानकारी गराउनुभयो । 

    ती मध्ये सबैभन्दा धेरै संघीय अस्पताल तथा प्रतिष्ठानलाई ६१ करोड ९१ लाख, स्थानीय तह त्यस अन्तरगर्तका नगर अस्पताललाई ४८ करोड ६२ लाख रुपैयाँ र प्रादेशिक अस्पतालहरुलाई १५ करोड छ लाख रुपैयाँ बराबरको सामग्री वितरण भएको छ ।

    सबैभन्दा कम भने सामुदायिक स्वास्थ्य केन्द्रमा ९१ हजारको सामग्री वितरण गरिएको छ ।

    मन्त्रालयले स्वास्थ्यका सामग्री खरीदका लागि आर्थिक वर्ष २०८१ । ०८२ मा १ अर्व मात्रै विनियोजन भएको थियो ।

    निर्देशक डा रायमाझीले अघिल्ला आर्थिक बर्षमा खरीद गरी गोदाममा रहेका सामग्री सहित २ अर्व एक करोडको सामग्री वितरण भएको जानकारी गराउनुभयो । 

    विभागले खरीदका लागि लक्षित क्षेत्रहरु भनि शल्यक्रिया अन्तर्गत मुटु सम्वन्धी, युरोलोजी सम्वन्धी, जेनरल शल्यक्रिया विस्तार, दन्त चिकित्सा सेवा विस्तार, प्रयोगशालाको क्षमता विस्तार र एएमआरको लागि आधुनिक माइक्रोबायोलोजी सेटअपमा केन्द्रीत रहेको जनाएको छ । यस्तै क्षयरोग स्क्रिनिङ, पेट सम्वन्धी रोगको पहिचान र उपचारका लागि पनि सामग्रीहरु खरीद र वितरण भएको छ ।

    महाशाखाले फोर के थ्रीडी ल्याप्रोस्कोप, सीआर्म, कार्डियो टोपोग्राफी, इलेक्ट्रो सर्जरी, फिजियोथेरापी, एफएफआर लगायतका सामग्रीहरु खरीद गर्न नसकिएको बताएको छ ।

     

     स्वास्थ्य सेवा विभागले गतवर्ष खरीद भई वितरण हुन बाँकी सामग्रीहरुलाई बिहीबार एक कार्यक्रम गरी वितरण गरेको छ । विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटीको अध्यक्षतामा सामग्री हस्तान्तरण समारोहको आयोजना गरी स्वास्थ्य संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरुलाई बोलाई सामग्री हस्तान्तरण भएको छ ।

    सो अवसरमा महानिर्देशक डा बाराकोटीले प्राप्त भएका मेसिन तथा सामग्रीहरुको उच्चतम प्रयोग तथा सदुपयोग गर्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार